१९ भदौ, धनगढी । जङ्गली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर धनगढीकी एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका –३ की अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको गए राति ११ बजेतिर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ बडहारास्थित रहेको होल्डिङ सेन्टर नजिकै जङ्गली जनावरका लागि खेतमा विद्युतीय तार राखिएको थियो ।
जङ्गली जनावरबाट धानबाली जोगाउन खेतको आलीमा धराप थापेका जंगलिया चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक महिलाको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
१७८ पटक हेरीएको