मुख्य समाचार

चेपाङ समुदायले छोनाम (नवागी) पर्व मनाए

चेपाङ समुदायले छोनाम (नवागी) पर्व मनाए

२२ भदौ, धादिङ । धादिङको गजुरी गाउँपालिका–५ च्याङलीमा शुक्रबार चेपाङ समुदायले यस वर्षको छोनाम (नवागी) पर्व मनाएका छन् ।

पर्व मनाउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्माकट्टेलले चेपाङ जनतालाई विकासको मूलधारमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । उनले कार्यदल बनाएर त्यसतर्फ अघि बढ्ने वाचा गरे ।

उनका अनुसार प्रदेश सरकारले समुदायको उत्थानका साथै संस्कृतिको ब्राण्डिङका लागि सङ्घीय सरकारसँग सहकार्य गरिरहेको छ । यस वर्ष प्रदेश सरकारले चेपाङ समुदायको विकासका लागि बजेट विनियोजन गरेको छ ।

चितवन, धादिङ, गोरखा र मकवानपुरका चेपाङ समुदायले धादिङको च्याङलीमा भेला भएका छन् ।

नेपाल चेपाङ संघ वाग्मती प्रदेश सचिव लक्ष्मण चेपाङले धादिङको च्याङलीमा विभिन्न जिल्लाका चेपाङ समुदायका मानिसहरु भेला भएर चाड पर्व मनाउने र परिवार र समुदायमा मनाइने चाडपर्वमा सहभागी हुन समय नपाएकाले मनाउने गरेको बताए ।

राष्ट्रिय जनगणना, २०२१ ले आदिवासी चेपाङ जनसंख्याको संख्या ८४,३६४ राखेको छ।

१५५ पटक हेरीएको

सम्बन्धित समाचार