२३ भदौ, कोशी । कोशी प्रदेश प्रमुख परशुराम खापुङले हिक्मतकुमार कार्कीलाई आज साँझ कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
त्यसैगरी, नवनियुक्त मुख्यमन्त्रीलाई शुक्रबार नै खापुङले पद तथा गोपनियताको सपथ गराएका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम खापुङले नेकपा (एमाले) कोशी प्रदेशसभाको संसदीय दलको नेतामा कार्कीलाई नियुक्त गरेको हो ।
त्यसैगरी मुख्यमन्त्री कार्कीले खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा तिलकुमार मेन्याङ्बो (लिम्बु), पञ्चकर्ण राईलाई पर्यटन, वन तथा वातावरण तथा उद्योग, कृषि तथा सहकारी, एकराज कार्कीलाई भौतिक पूर्वाधारमन्त्रीमा सिफारिस गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम विकास र सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
प्रदेश प्रमुख खापुङले मन्त्रीहरु मेन्याङ्बो, राई र कार्कीलाई सपथ गराएका थिए ।
त्यसैगरी मुख्यमन्त्री कार्कीले राज्यमन्त्री राईलाई सपथ गराएका थिए ।
१७१ पटक हेरीएको