मुख्य समाचार

सुन तस्करी काण्डः ३ भन्सार अधिकारी पक्राउ

सुन तस्करी काण्डः ३ भन्सार अधिकारी पक्राउ

२३ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) हुँदै ६० किलोभन्दा बढी सुन तस्करीको अनुसन्धानका क्रममा पछिल्लो समय तीन भन्सार कर्मचारी पक्राउ परेका छन् ।

उनीहरुमा भन्सार अधिकृत पुष्पा जोशी र गैरराजपत्रित प्रथम श्रेणीका अधिकृत वीरेन्द्र नेपाली र त्रिआया भन्सार कार्यालयका कर्मचारी कमल परियार रहेको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार तीनै जनालाई पक्राउ गरेको हो ।

गत साउन १९ गते राजस्व अनुसन्धान विभागले सिनामंगल क्षेत्रबाट ६० किलो ७१६ ग्राम तस्कर सुन बरामद गरेको थियो ।

घोटालाको अनुसन्धानका लागि हालसम्म ३० जना पक्राउ परेका छन् ।

१६५ पटक हेरीएको

सम्बन्धित समाचार