वाग्मती

समाजवादी मोर्चाको आज हेटौंडामा ‘संदेश सभा’

समाजवादी मोर्चाको आज हेटौंडामा ‘संदेश सभा’

२४ भदौ, हेटौँडा । चार वामपन्थी दलको गठबन्धन समाजवादी मोर्चाले आज हेटौँडामा ‘संदेश सभा’ आयोजना गरेको छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’; एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

समाजवादी मोर्चाको वाग्मती प्रदेश कमिटी पनि आजै घोषणा गरिने स्रोतले जनाएको छ ।

मोर्चाको भदौ २१ गते बसेको बैठकले मोर्चाको उद्देश्य र लक्ष्यबारे जानकारी गराउने उद्देश्यले सातै प्रदेशमा ‘संदेश सम्मेलन’ गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार मोर्चाले मधेस प्रदेशको वीरगन्ज, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र गण्डकी प्रदेशको पोखरामा भेला गरिसकेको छ ।

मोर्चाले भदौ ११ गते कोशी प्रदेशको विराटनगरमा सभा गर्दैछ ।

२०१ पटक हेरीएको

सम्बन्धित समाचार