समाचार

सडकमा ठूलो ढुंगा खसेपछि जय पृथ्वी राजमार्ग अवरुद्ध

सडकमा ठूलो ढुंगा खसेपछि जय पृथ्वी राजमार्ग अवरुद्ध

बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडकमा ठूलो ढुंगा खसेपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आइतबार दिउँसो अविरल वर्षापछि उक्त घटना भएको हो ।

बझाङबाट ठूला मेसिन ल्याएर ढुंगा भत्काएर बाटो खुलाउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

जसका कारण बझाङबाट बाहिरिने र बझाङ जाने ठूला सवारीसाधन बन्द भएका छन् ।

त्यस्तै दशरथचन्द राजमार्गको सतबाँझ–गोथलापानी सडकखण्ड गुरुखोला नजिकै रुख ढलेर अवरुद्ध भएको छ । सडकमा खसेका चारवटा रुखले गएरातिदेखि राजमार्ग अवरुद्ध गरेको प्रहरी निरीक्षक केसीले बताए ।

राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् भने यातायातका सवारी साधन चल्न छाडेका छन् ।

शनिबारदेखि परेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ भने बाढी पहिरोको जोखिम बढेको छ ।

१२३ पटक हेरीएको

सम्बन्धित समाचार