२६ भदौ, मुग्लिन-नारायणगढ । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–६ टोपखोलामा आज बिहान सुक्खा पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए ।
पहिरो पन्छाउने प्रयास भैरहेको छ । दुईतर्फी यातायात अवरुद्ध भएपछि गन्तव्यतर्फ जाने सवारीसाधन सडकमै अलपत्र परेका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डमा बारम्बार सडक अवरुद्ध हुँदा यात्रुले सास्ती बेहोर्नुपरेको छ ।
१९० पटक हेरीएको