समाचार

नेपाली कांग्रेसका नेता पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन

नेपाली कांग्रेसका नेता पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन

असोज ५, काठमाडौं । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को आज बिहान निधन भएको छ । क्यान्सरबाट पीडित भट्टको काठमाडौंको वीर अस्पतालमा उपचार भइरहेको थियो । डडेल्धुरामा जन्मेका भट्ट देशमा गणतन्त्र स्थापनाका लागि आवाज उठाउने अग्रणी नेता थिए ।

२०५६ सालको आमनिर्वाचनमा उनी नेपाली कांग्रेसबाट बर्दियाबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी सामान्य प्रशासन मन्त्री पनि थिए ।पछि उनी नेपाली कांग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गरे ।

१३० पटक हेरीएको

सम्बन्धित समाचार