कर्णाली

मुगुको गमगढीमा आगलागी हुँदा आठ घर जलेर नष्ट

मुगुको गमगढीमा आगलागी हुँदा आठ घर जलेर नष्ट

असोज ६, गमगढी । मुगुको सदरमुकाम गमगढी बजारमा गएराति आगलागी भएको छ । आगलागी नगरको कालिका मालिका मन्दिरको उत्तरमा रहेको इलाकामा भएको हो । विपद्मा आठ घर खरानी भएको प्रहरीले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नगरपालिका प्रहरी र स्थानीयवासीले आगो निभाएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले काठको घरबाट आगो निस्केर फैलिएको जानकारी दिए । आगलागीमा तारके लामा, सोनम लामा, जङ्गा ऐदी, सन्तोना क्षेत्री, पञ्च सेजुवाल, पीआर मल्ल, प्रदीप रावल र पुतली शाहीको घर जलेर नष्ट भएको डिएसपी थापाले जानकारी दिए ।

सुरक्षाकर्मीले गमगढी बजारमा आपूर्ति गरिएको खानेपानीको पाइपबाट पानी हालेर आगो निभाएका थिए । २०२१ नोभेम्बर १५ मा गमगढीको तल्लो बजारमा आगलागी हुँदा १९ घर जलेर नष्ट भएका थिए ।

१८८ पटक हेरीएको

सम्बन्धित समाचार