समाचार

देशलाई उत्पादनमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड: केपी ओली

देशलाई उत्पादनमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड: केपी ओली

असोज ६, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई उत्पादनमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ । ‘नेपाल अल्पविकसित राष्ट्बाट विकासोन्मुख मुलुकमा स्तरोन्नति’ विषयक कार्यक्रममा शुक्रबार बोल्दै पूर्वप्रधानमन्त्रीले खाद्यान्नका लागि छिमेकीमाथिको निर्भरतालाई न्यूनीकरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको विषयवस्तुलाई प्रकाश पार्दै नेताले नेपाल एलडीसीबाट मध्यम आय भएको मुलुकमा उक्लनु पक्कै पनि सकारात्मक रहेको बताए । “यो प्रगति हो,” उनले भने।

ओलीले उत्पादनबाटै मुलुकको अर्थतन्त्र उकास्न सबैलाई योगदान दिन आग्रह गरे । उनले दिगो विकास लक्ष्य हासिल गर्नका लागि बृहत् छलफल आवश्यक रहेकोमा जोड दिए ।

१६२ पटक हेरीएको

सम्बन्धित समाचार