असोज २६, काठमाडौं । निर्वाचन आयोगले २०८० मा विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता गरी अद्यावधिक गर्ने कार्यविधिको मस्यौदा तयार गरेको छ ।आयोगले यसबारे सुझाव मागेको छ । प्रक्रियाअनुसार मतदाता नामावलीमा नाम दर्ता हुन बाँकी रहेका विदेशमा रहेका नेपाली नागरिकलाई विदेशबाट प्रणालीमा समाहित गर्न सकिनेछ ।
आयोगले बिहीबार आफ्नो वेबसाइटमा कार्यविधिको मस्यौदा अपलोड गरी त्यसमा आ–आफ्नो प्रतिक्रिया दिन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।मस्यौदामा नेपालीको मतदाता नामावलीमा नाम दर्ताका लागि देशलाई तोक्ने र सम्बन्धित देशको कूटनीतिक नियोगले केन्द्र तोक्ने प्रस्ताव गरेको छ ।मतदाता नामावलीमा नाम दर्ता गराउन सम्बन्धित कर्मचारीलाई आयोगले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने व्यवस्था मिलाइएको छ ।
विदेशमा रहेका नेपालीले मतदाता सूचीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीबाट फारम भरेर बायोमेट्रिक सङ्कलनका लागि उपयुक्त ठाउँ र मिति छनोट गर्न सक्नेछन् ।
मस्यौदामा समेटिएका प्रावधानहरूमा सुझाव दिन इच्छुकले नोभेम्बर १६ भित्र दिन सक्नेछन्।
१३२ पटक हेरीएको