कोशी

मनाङ एयर हेलिकप्टर दुर्घटनाः पाइलट भारत रिफर

मनाङ एयर हेलिकप्टर दुर्घटनाः पाइलट भारत रिफर

असोज २८, काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका हेलिकप्टरका पाइलट प्रकाश सेढाईलाई उपचारका लागि हेलिकप्टरबाट भारत लगिने भएको छ ।

हाल काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत सेढाईलाई मुम्बईको नेशनल बर्न्स सेन्टरमा रिफर गरिएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

मनाङ एयरको हेलिकप्टर लुक्लाबाट सोलुखुम्बुको लोबुचेका लागि शनिबार बिहान दुर्घटना भएको हो । डा. सविन कोइरालाले पाइलटको अनुहार र खुट्टा करिब ४५-५० प्रतिशत जलेको र फोक्सो, मेरुदण्ड र मृगौलामा पनि समस्या देखिएको बताए ।

टेक अफ भएको १० मिनेटपछि बिहान ७:२४ मा दुर्घटना भएको हो ।

२२९ पटक हेरीएको

सम्बन्धित समाचार