कोशी

प्रधानमन्त्री प्रचण्डले उदयपुर सिमेन्ट उद्योगको निरीक्षण

प्रधानमन्त्री प्रचण्डले उदयपुर सिमेन्ट उद्योगको निरीक्षण

२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार उदयपुर जिल्लाको जलजलेमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडको निरीक्षण भ्रमण गरेका छन् ।

प्रधानमन्त्रीले त्यहाँका उद्योग प्लान्ट र अन्य महत्वपूर्ण भौतिक पूर्वाधारको निरीक्षण गरेका थिए । उदयपुर सिमेन्टका महाप्रबन्धक खगेन्द्र बस्नेतलगायत उच्च पदस्थ अधिकारीले प्रधानमन्त्रीलाई कम्पनीको अवस्थाबारे जानकारी गराएका थिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उद्योगलाई हालको हैसियतबाट स्तरोन्नति गरेर सञ्चालन गर्नुपर्ने बताए । यस उद्योगलाई आफूले गम्भीरताका साथ लिएको बताउँदै प्रधानमन्त्रीले उद्योगलाई दिगो रुपमा सञ्चालन गर्न तयार रहेको बताए ।

२०४४ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको सरकारी स्वामित्वको कम्पनी अहिले पूर्ण क्षमतामा चलेको छैन ।

१५४ पटक हेरीएको

सम्बन्धित समाचार