१२ मंसिर, काठमाडौं । मोरङ उद्योग संघ (एमआईए)ले विराटनगरमा १० दिने ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । एक्स्पोले देशको आर्थिक गतिविधिमा टेवा पुग्ने संघको भनाइ छ ।
सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले २०२३ डिसेम्बर २२ बाट सुरु हुने ट्रेड एक्स्पो २०२४ जनवरी १ गते समापन हुने जनाएको छ । एमआईएका अध्यक्ष नवीन रिजालले ट्रेड एक्स्पोले कृषि, पर्यटकीय र औद्योगिक उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने बताए ।
ट्रेड एक्स्पोमा छिमेकी मुलुक भारत, बंगलादेश र पाकिस्तानका वस्तु तथा उत्पादकहरुको समेत सहभागिता रहने रिजालले बताए । सुदूरपश्चिम प्रदेश र दुर्गम क्षेत्रका साना तथा घरेलु उद्योगका कृषिजन्य वस्तु तथा उत्पादनका स्टलहरू नि:शुल्क उपलब्ध हुने बताइएको छ । एमआईएले अन्तर-प्रादेशिक वस्तु र सेवाहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने अपेक्षा गरिएको छ; राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबीच व्यावसायिक सम्बन्ध स्थापना गर्ने र प्रवर्द्धनात्मक कार्यक्रममार्फत पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने । ट्रेड एक्स्पोमा १५ करोडको कारोबार हुने र नेपाल र भारतबाट करिब चार लाख पर्यटकको आगमन हुने आयोजकको अनुमान छ ।
एमआईएले विसं २०५३ देखि यस्तो ट्रेड एक्स्पो आयोजना गर्दै आएको छ
१८० पटक हेरीएको