कर्णाली

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पर्यटन समुदायको सहयोग

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पर्यटन समुदायको सहयोग

१२ मंसिर, काठमाडौं । जाजरकोट र रुकुमपश्चिम जिल्लाका भूकम्पपीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली पर्यटन व्यवसायीले आर्थिक र रसद सहयोग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पर्यटन क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले सोमबार साँझ रु ३० लाखको नगद र सामान हस्तान्तरण गरेका हुन् ।

नेपाल पर्यटक बस संघका अध्यक्ष कृष्ण आचार्यका अनुसार भूकम्पपीडितका लागि प्रधानमन्त्रीलाई १९ लाख रुपैयाँ, २४० थान कम्बल र केही स्ट्रेचर हस्तान्तरण गरिएको छ । उक्त रकम र सामान हस्तान्तरण गर्न होटल एशोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाह, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापा, नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीका अध्यक्ष शिव अधिकारीलगायत अन्य निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

जाजरकोट जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको नोभेम्बर ३ मा गएको ६.४ रेक्टर स्केलको भूकम्पमा जाजरकोट र रुकुम पश्चिम जिल्लामा १५० भन्दा बढीको ज्यान गएको थियो ।

१९३ पटक हेरीएको

सम्बन्धित समाचार