मुख्य समाचार

अन्तर्राष्ट्रिय विमानस्थलका लागि पूर्वाधार आवश्यक : देउवा

अन्तर्राष्ट्रिय विमानस्थलका लागि पूर्वाधार आवश्यक : देउवा

१३ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वाधार नहुँदा यहाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसक्ने बताएका छन् ।

‘यहाँ अध्यागमन कार्यालय छैन, अरुलाई दोषारोपण गर्नुको कुनै अर्थ छैन,’ उनले यस विषयमा काठमाडौंमा सरोकारवालासँग कुरा गर्ने आश्वासन दिए । पार्टीको रुपन्देही जिल्ला अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् । त्यस्तै, देउवाले पार्टी नेता बालकृष्ण खाँणले न्याय पाउने आशा व्यक्त गरे । नेता खाँणलाई झुटो फँसाइएको पार्टी कार्यकर्ताले आरोप लगाएका छन् ।

देउवाले भने, “नेता खाँडलाई तपाईले निर्वाचित गर्नुभएकाले तपाईलाई चिन्ता हुनु स्वभाविक हो, तर उहाँले न्याय पाउनुहुनेछ भन्ने मलाई विश्वास छ,” देउवाले थपे।

१७८ पटक हेरीएको

सम्बन्धित समाचार