कार्तिक ३, काठमाडौं । बडादशैंको छैटौं दिन आज देशभर हिन्दू धर्मावलम्बीले कात्यायनीदेवीको पूजा–आराधना गरी मनाउँदैछन् ।
देवी कात्यायनीलाई हिन्दू शास्त्रहरूमा सुन्दरताको प्रतीकका रूपमा वर्णन गरिएको छ। दान लगायत पुण्य कर्म गर्दा राक्षसी राक्षसबाट बाधा नआउन देवी कात्यायनी यस संसारमा आएको शास्त्रमा उल्लेख छ ।
नवरात्रिको अवसरमा देवीदेवताको पूजा गर्नाले शक्ति, समृद्धि र ज्ञान प्राप्त हुने धार्मिक विश्वास छ ।
देशभरका हिन्दू मन्दिरहरूमा भक्तजनको भीड लागेको छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, जय बागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, कलङ्किमाईलगायतका मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
त्यसैगरी आज बडादशैंको छैटौं दिन पलाञ्चोक भगवती, नला भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, पाथीभरा, दन्तकाली, बाग्लुङ कालिका, विन्धवासिनी, तालबाराहीलगायत तीर्थस्थलमा पनि भक्तजनको घुइँचो लागेको छ ।
१५५ पटक हेरीएको