खेलकुद

एसियाली पारा गेम्समा नेपाललाई पहिलो पदक

एसियाली पारा गेम्समा नेपाललाई पहिलो पदक

कार्तिक ८, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले चीनको हाङ्जाओमा सम्पन्न एसियन पारा गेम्स २०२२ मा कास्य पदक जितेकी छन् । उनी एसियाली पारा गेम्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

पलेशाले पहिलो खेलमा चीनकी याङ लिटिङलाई १४–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । उनी सेमिफाइनलमा काजाकिस्तानकी कामिल्या दोसामलोभासँग १६–१० ले पराजित भएकी थिइन् । उनले प्रशिक्षक कविराज नेगी लामाको प्रशिक्षणमा एसियाली पारा गेम्समा भाग लिएकी हुन् । उनी हाल चीनमा अध्ययनरत छिन् ।

पलेशाले पछिल्लो टोकियो पारा ओलम्पिकमा पनि भाग लिएकी थिइन् ।

१७० पटक हेरीएको

सम्बन्धित समाचार