कार्तिक ८, काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको छेन्दुबाट आज स्वदेश फर्कंदै छन् ।
श्रेष्ठ मंगलबार बिहान बेइजिङबाट सिचुवान प्रान्तको छेन्दु उडेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । गृहमन्त्री श्रेष्ठ गत असोज १६ गते तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन (बीआरएफ) मा सहभागी हुन चीनको बेइजिङ पुगेका थिए । बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठ तेस्रो बिआरएफको उद्घाटन समारोहमा सहभागी भएका थिए । उनले हरित विकास सम्बन्धी उच्चस्तरीय फोरम “प्रकृतिसँग सद्भावका लागि हरित सिल्क रोड” लाई पनि सम्बोधन गरे।
उनले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सचिवालयका सदस्य, स्टेट काउन्सिलर र चीनका सार्वजनिक सुरक्षा मन्त्री वाङ सियाओङसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए।
उपप्रधानमन्त्रीलाई अक्टोबर १९ देखि २३ अक्टोबर २०२३ सम्म बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा एक्युट मायोकार्डियल इन्फेक्शनको उपचारका लागि भर्ना गरिएको थियो।
१२७ पटक हेरीएको