मुख्य समाचार

संयुक्त राष्ट्रसंघका महासचिव असोज २९ गतेदेखि नेपाल भ्रमणमा आउँदै

संयुक्त राष्ट्रसंघका महासचिव असोज २९ गतेदेखि नेपाल भ्रमणमा आउँदै

कार्तिक ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले असोज २९ देखि नोभेम्बर १ सम्म नेपाल भ्रमण गर्ने भएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव सन् २०१७ जनवरीमा पदभार ग्रहण गरेपछि पहिलो पटक नेपालको औपचारिक भ्रमणमा आउँदैछन् । भ्रमणका क्रममा उहाँले असोज ३ गते सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुका साथै हिमालमा जलवायु परिवर्तनको असर अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग संक्षिप्त अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

साथै उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनको टोलीमा शान्ति कार्यका लागि संयुक्त राष्ट्रका उप-महासचिव जीन-पियरे ल्याक्रोइक्स; नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिंगर-हाम्डी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घ मुख्यालयका अन्य अधिकारी र संयुक्त राष्ट्र सङ्घ नेपालको टोली सहभागी थिए ।

१९६ पटक हेरीएको

सम्बन्धित समाचार