कार्तिक १२, काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ पेल्माङका ५० वर्षीय शितलबहादुर राईको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ५५ वर्षीय धरानबहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् । प्रहरीका अनुसार मादक पदार्थ सेवनका कारण भएको झगडामा सितलबहादुर राईको घटनास्थलमै मृत्यु भएको हो । झडपमा संलग्न धरानबहादुर र समितलाई प्रहरीले पक्राउ गरेको छ ।
१८८ पटक हेरीएको