२१ कात्तिक, काठमाडौं । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा आफ्नो संयन्त्रलाई पूर्ण रुपमा परिचालन गरेको छ ।
मुख्यमन्त्री राजकुमार शर्मा अहिले गृहजिल्ला रुकुममा छन् भने आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह जाजरकोटमा छन् । त्यसैगरी सामाजिक विकासमन्त्री लगायत अन्य मन्त्रीहरु उद्धार र राहत वितरणमा सरकारी कर्मचारीसहित जाजरकोट र रुकुममा छन् । यसैबीच, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार जाजरकोटको नलगाड नगरपालिका र रुकुमको आठबिसकोट नगरपालिकामा राहत सामग्री वितरण गरेको छ ।
मन्त्री कृष्णकुमार बिसीले विपद् पीडितलाई सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् । विपद् पीडितले न्यानो कपडा नपाएको गुनासो गरेका छन् ।
पछिल्लो समय बढ्दो चिसोले भूकम्पपीडितको अवस्था नाजुक बनेको छ । सोमबार दिउँसोको पराकम्पन पनि चिन्ताजनक छ।
२१६ पटक हेरीएको