२२ कात्तिक, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा सन् २०२४ मा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
सिफारिसअनुसार प्रत्येक भुक्तानीकर्ताले १३ लाख रुपैयाँ पाउनेछन् । त्यसैगरी मुख्य प्रशिक्षकले ३ लाख ९० हजार तथा सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले १ लाख ९५ हजार पाउनेछन् ।
नेपालमा भर्खरै सम्पन्न आईसीसी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा युएईलाई पराजित गर्दै नेपालले दोस्रो पटक टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको छ ।
१६७ पटक हेरीएको