समाचार

गणतन्त्रलाई थप सुदृढ गर्ने र संविधानको रक्षाका लागि शीर्ष नेताहरू प्रतिबद्ध

गणतन्त्रलाई थप सुदृढ गर्ने र संविधानको रक्षाका लागि शीर्ष नेताहरू प्रतिबद्ध

२२ कात्तिक, काठमाडौं । मुलुकमा राजनीतिक परिवर्तनका लागि एकजुट भएर लडेका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले गणतन्त्रलाई थप सुदृढ गर्न काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बोलाएको बैठकमा नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । १२ बुँदे सहमति, शान्ति प्रक्रिया र संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच भएको भेटमा गणतन्त्रलाई थप सुदृढ गर्नका लागि सहकार्यका आधारमा अघि बढ्न नेताहरु सहमत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. गोविन्द आचार्यले बताए ।

‘अहिलेसम्मका उपलब्धिलाई थप सुदृढ गर्न नेताहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्,’ नेताहरूलाई उद्धृत गर्दै आचार्यले भने । आगामी दिनमा द्विपक्षीय र बहुपक्षीय छलफललाई तीब्रता दिन पनि नेताहरु सहमत भएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले शान्ति र संविधानमाथिको आक्रमणको प्रतिकार गर्नु नै बैठकको मर्म रहेको बताइन् ।बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले केही क्षेत्रबाट भइरहेको आलोचनाको समीक्षा गर्दै यस्तो समझदारी गरेका हुन् । संघीय गणतन्त्र प्रणालीमा।

त्यसैगरी भूकम्प र अन्य विपद्पीडितको उद्धार र राहतमा सरकारले प्रभावकारी रुपमा काम गर्न शीर्ष नेताहरुले सुझाव दिएका छन् ।

१४९ पटक हेरीएको

सम्बन्धित समाचार