गण्डकी

कालीगण्डकीबाट २० लाखको फूल निर्यात

कालीगण्डकीबाट २० लाखको फूल निर्यात

२७ कात्तिक, काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले चाडपर्वमा २० लाखको फूल निर्यात गरेको छ । गाउँपालिकामा स्थानीयवासीबाट उत्पादित फूल पोखरा, बुटवल र काठमाडौं सहरमा निकासी हुने गरेको छ ।

कालीगण्डकी गाउँपालिकाका कृषि शाखाका प्रमुख अनुप पौडेलले हालसम्म गाउँपालिकाका सात वडाका १६ कृषक तथा समूहबाट उत्पादित रु २० लाख मूल्यको फूल निकासी भएको जानकारी दिए । कालीगण्डकीका फूल उत्पादकलाई गाउँपालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

यो तिहारसम्म रु २५ लाखको फूल निर्यात हुने अपेक्षा पौडेलले जानकारी दिए । फूल उत्पादनका लागि गाउँपालिकाले प्रति रोपनी ९ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको थियो भने कृषकलाई निःशुल्क परामर्श र प्राविधिक सहयोगसमेत उपलब्ध गराइएको थियो ।

१२९ पटक हेरीएको

सम्बन्धित समाचार