मुख्य समाचार

वन्यजन्तु तस्करीको आरोपमा चार जना पक्राउ

वन्यजन्तु तस्करीको आरोपमा चार जना पक्राउ

२७ कात्तिक, काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जले वन्यजन्तुको तस्करीमा संलग्न रहेको आरोपमा चार जनालाई हतियारसहित पक्राउ गरेको छ ।

राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको मोबाइल टोलीले ४० किलो चरेस, दुई वटा हरिणका सिङ्ग र अन्य सामानसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको बराहतल गाउँपालिका–१ का ६६ वर्षीय गगन ओली, ४३ वर्षीय यामबहादुर ओली, ३८ वर्षीय चन्द्रबहादुर ओली र ३८ वर्षीय दिलबहादुर ओली रहेको प्रमुख संरक्षण अधिकृत बद्री विनोद दाहालले जानकारी दिए ।

पक्राउ परेकालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम कारबाही अघि बढाइने राष्ट्रिय निकुञ्जले जनाएको छ ।

१२० पटक हेरीएको

सम्बन्धित समाचार