२७ कात्तिक, काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले मनाइने पाँच दिनसम्म चल्ने तिहारको तेस्रो दिन आज गाईको पूजा–आराधना गरी गाई तिहार मनाइँदैछ ।
यसबाट आमाको जस्तै दुध प्राप्त हुने धार्मिक मान्यता अनुसार गाईको पूजा गरिन्छ । गाईलाई माला लगाएर विभिन्न परिकार खुवाइन्छ । वैदिक कालदेखि नै गाईलाई पवित्र मानेर पूजा गर्ने चलन छ । रक्षाबन्धनमा दाहिने हातमा बाँधेर पूजा गरेपछि गाईको पुच्छरमा बाँधिएमा गाईले स्वर्ग जाने बाटोमा रहेको पौराणिक नदी वैतरणी पार गर्न मद्दत गर्छ भन्ने धार्मिक विश्वास पनि छ ।
२३८ पटक हेरीएको