६ मंसिर, काठमाडौं । फिफा विश्वकप छनोटको दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको समूह ‘ए’ को खेलमा नेपाल यमनसँग २–० ले पराजित भएको हो । खेलको ७२ औं र ९० औं मिनेटमा ओमर अब्दुल अल दाही र मोहम्मद अब्दुल्लाह अल दाहीले एक एक गोल गरे ।
नेपालको यो लगातार दोस्रो हार हो । यसअघि दोस्रो चरणको छनोट चरणको पहिलो खेलमा नेपाल युएईसँग ४–० ले पराजित भएको थियो ।
१५३ पटक हेरीएको