६ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ मागेको छ ।
उक्त निर्णयविरुद्ध दायर रिटमा आज प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले आगामी दश दिनभित्र लिखित जवाफसहित कारण देखाउन सरकारलाई निर्देशन दिएको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो । अदालतले प्रतिवादीलाई पुस १ गतेभित्र लिखित जवाफ पेश गर्न र मंसिर ५ गते उपस्थित हुन आदेश दिएको सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० अधिवक्ताले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
सरकारले सामाजिक सद्भावमा ठेस पुगेको भन्दै टिकटकलाई नोभेम्बर १३ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
१५३ पटक हेरीएको