१५ मंसिर, काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तको पुनरावेदनको सुनुवाइ उच्च अदालत पाटनले आज टुंगो लगाउने भएको छ ।
न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले बिहीबार मुद्दाको सुनुवाइ गरेको हो । यसअघि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डेसहित २० जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राखेको थियो । उनीहरुमाथि भुटानी शरणार्थीहरुको झुटो परिचय बनाएर नेपालीहरुलाई अमेरिका पुर्याउन सहयोग गरेको अभियोग छ । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध अभियुक्तले उच्च अदालत पाटनमा पुनरावेदन दायर गरेका छन् ।
अदालतले बिहीबार यस अपिलको सुनुवाई सकिसकेको छ र शुक्रबार अन्तिम फैसला आउने अपेक्षा गरिएको छ।
२५९ पटक हेरीएको