वाग्मती

काठमाडौंले छिट्टै मेलम्चीको पानी पाउनेछ : मन्त्री यादव

काठमाडौंले छिट्टै मेलम्चीको पानी पाउनेछ : मन्त्री यादव

१६ मंसिर, काठमाडौं । खानेपानीमन्त्री महिन्द्राराय यादवले मेलम्ची खानेपानी आयोजनाबाट छिट्टै काठमाडौंमा खानेपानी पुर्‍याउने गरी निर्माण कार्य तीव्र गतिमा अघि बढेको बताउनुभएको छ ।

हेलम्बु अम्बाथानस्थित खानेपानीको मुहानको स्थलगत भ्रमणका लागि आएका मन्त्री यादवले बाढीपहिरोमा पानीको स्रोतमा केही समस्या देखिए पनि काठमाडौंमा पानी पठाउने काम सहज रुपमा भइरहेको बताए । ‘बाढीले मुहानमा ठूलो क्षति पु¥याएको छ । काठमाडौंका जनतालाई पानी पु¥याउने काम द्रुत गतिमा भइरहेको छ । छिट्टै काठमाडौंमा खानेपानी उपलब्ध गराउने छौँ ,’ खानेपानी मन्त्रीले भने । सो अवसरमा मन्त्री यादवले काठमाडौंमा खानेपानी उपलब्ध गराउने र खानेपानीको समस्यालाई दिगो रुपमा सम्बोधन गर्ने सरकारको योजनालाई सार्थक बनाउन सम्पूर्ण जनशक्ति परिचालन गरिएको बताए ।

तर, बाढीका कारण भएको क्षतिको पुष्टी हुन नसकेकोले खानेपानीको समयसीमा तोक्न नसक्ने अधिकारीहरुले बताएका छन् । ‘हामी युद्धस्तरमा काम गरिरहेका छौँ, एक महिनाभित्र काठमाडौंमा खानेपानीको व्यवस्था गर्न सकिन्छ,’ वरिष्ठ डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले भने ।

१५४ पटक हेरीएको

सम्बन्धित समाचार