खेलकुद

नेपाली धाविका रशिला तामाङलाई अन्तर्राष्ट्रिय उपाधि

नेपाली धाविका रशिला तामाङलाई अन्तर्राष्ट्रिय उपाधि

१८ मंसिर, काठमाडौं । नेपालकी रशिला तामाङले इन्डोनेसियामा सम्पन्न एसिया ट्रेल मास्टर (एटीआईएम) २०२३ को उपाधि जितेकी छिन् । उनले महिलाका लागि तोकिएको ७७ किलोमिटरको दुरी १२ घण्टा २५ मिनेट ५२ सेकेण्डमा पूरा गरिन् ।

उपाधि जितेपछि रशिलाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्, “एशिया ट्रेल मास्टरको हिस्सा बन्न पाउनु र जित्नु एउटा अचम्मको अनुभव थियो। अविरल वर्षाको बावजुद पनि हरियाली जंगल भित्रको सुन्दर परिदृश्य र बाटो देखेर हर्षित भएँ।”

‘यो जित नेपालकै लागि हो,’ उनले भनिन् ।

१३७ पटक हेरीएको

सम्बन्धित समाचार