मुख्य समाचार

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश सम्मेलन फागुन ६–७ गते दाङमा हुँदै

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश सम्मेलन फागुन ६–७ गते दाङमा हुँदै

दाङ, जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको प्रदेश सम्मेलन तथा आधारभूत पत्रकारिता तालिम आगामी फागुन ६ र ७ गते दाङको घोराहीमा आयोजना हुने भएको छ।

लमहीमा पुस २३ गते बसेको संगठनको प्रथम बैठकले उक्त निर्णय गरेको हो। बैठकले माघ १७ गतेभित्र लुम्बिनी प्रदेशका सबै जिल्लामा संगठन गठन वा पुनर्गठन गर्ने निर्णयसमेत गरेको छ। साथै केन्द्रबाट प्राप्त सर्कुलर कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने, पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने तथा पत्रकारहरूको हक–हितका लागि संघर्ष गर्ने निर्णय गरेको जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशका संयोजक हेमन्तप्रकाश वलीले जानकारी दिए।

बैठकका प्रमुख अतिथि नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य अमर झाक्री मगर (सन्जीव) ले जनपत्रकारले मिसन र व्यवसायिकता सँगसँगै अघि बढ्नुपर्ने बताए। उनले समाजलाई सही दिशा दिने जिम्मेवारी जनपत्रकारको भएको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता र समाजवादको पक्षमा कलम चलाउन आग्रह गरे।

यस्तै बैठकका अतिथि नेकपा (माओवादी) का केन्द्रीय सदस्य बिक्रम सी ले जनताका दुःख, पीडा र सरोकारका विषयमा सत्यतथ्य सूचना सम्प्रेषण गर्न पत्रकारहरूलाई सुझाव दिए।

बैठकमा जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकको अध्यक्षता संगठनका सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक हेमन्तप्रकाश वलीले गरेका थिए।

२६७ पटक हेरीएको

सम्बन्धित समाचार