दाङमा आइतबार दिउँसो बस दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१६ रावतगाउँ चोकमा लु ००२००१ ख ००३१ नम्बरको बस दिउँसो करिब १२:३० बजे अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका आठ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। सबै घाइतेहरूको घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१०१ पटक हेरीएको