खेलकुद

एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित

एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित

२३ मंसिर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ ।

१५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा दुई विकेट गुमाएर पुरा गरेको थियो । पाकिस्तानको जितका लागि अजान अवेसले ८ चौका प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए । त्यसैगरी पाकिस्तानी कप्तान साद बेगले ५ चौका प्रहार गर्दै ५० रनको योगदान दिए ।

नेपालका लागि गुलशन झाले २ तथा आकाश त्रिपाठीले १ विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाएर १५२ रन बनाएको थियो । नेपालका लागि उत्तम थापा मगरले ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाए ।

नेपालले दोस्रो खेल आइतबार अफगानिस्तानसँग खेल्दैछ ।

१२६ पटक हेरीएको

सम्बन्धित समाचार