रोजगार

भदौ १३, २०८०, बुधवार अपराह्नबाट एमसीसी कार्यान्वयन, पाँच वर्षे दिनगन्ती सुरु

भदौ १३, २०८०,  बुधवार अपराह्नबाट एमसीसी कार्यान्वयन,  पाँच वर्षे दिनगन्ती सुरु

अमेरिकी अनुदान सम्झौता एमसीसी पाँच वर्षभित्र सक्नेगरी बुधवार अपराह्नबाट कार्यान्वयन चरणमा प्रवेश गरेको छ।

बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपालका अर्थमन्त्री प्रकाशशरण महत र मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका उपाध्यक्ष क्यामरन एल्फर्डले औपचारिक रूपमा नयाँ चरण सुरु भएको सम्झौतापत्र आदानप्रदान गरेपछि त्यसको काउन्टडाउन (दिनगन्ती) सुरु भएको हो।

५० करोड अमेरिकी डलरको एमसीसी परियोजना अन्तर्गत मुख्य रूपमा विद्युत् प्रसारण लाइन र सडक निर्माणका कामहरू हुँदैछन्।

त्यसमा नेपाल सरकारले झन्डै २६ अर्ब रुपैयाँ थप्ने प्रतिबद्धता जनाएको छ।

उक्त कम्प्याक्टको कार्यान्वयनको पूर्वतयारीका लागि ६ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकिएको र नयाँ चरणमा प्रवेश गर्नुलाई एमसीए-नेपालले ‘कोशेढुङ्गा’ बताएको छ।

नेपाल सरकारले एमसीसीसँग गरेको सम्झौता अनुसार ‘इन्ट्री इन्टु फोर्स’ भनिने पाँच वर्षको अवधिमा काम पूरा नभए त्यस अन्तर्गत प्रतिबद्धता जनाइएको रकम आउन बन्द हुने अमेरिकी अधिकारीहरूले यसअघि बताएकाले पनि यस अवधिलाई महत्त्वपूर्ण मानिएको छ।

१७० पटक हेरीएको

सम्बन्धित समाचार