अरुणाचल प्रदेश, अक्साई चीन र भारतका कैयौँ भूभागलाई चीनले नयाँ नक्सामा आफ्नो सीमामा राखेको भन्दै भारतले चीनसँग कडा आपत्ति जनाएको छ।
भारतका विदेश मन्त्री एस. जयशङ्करले भारतले नक्साबारे चीनको ‘बेतुकको दाबी’माथि ‘कडा विरोध’ जनाएको बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच दक्षिण अफ्रिकामा सीमा विवाद सुल्झाउनेबारे कुराकानी भएकै केही दिनमा चीनको नयाँ नक्सा आएको छ। चीनले यस अघि पनि ती भारतीय इलाकामाथि आफ्नो दाबी गर्दै आएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले एक विज्ञप्ति जारी गर्दै चिनियाँ नक्साबारे प्रतिवाद गरेका छन्।
उक्त विज्ञप्तिमा भनिएको छ, “चीनको तथाकथित २०२३ को ‘प्रचलित नक्सा’मा भारतीय भूभागमाथि दाबी गरिएको छ। त्यसप्रति हामीले कूटनीतिक माध्यमबाट कडा विरोध जनाएका छौँ।”
“हामी यस्तो दाबीलाई खारेज गर्छौँ र चिनियाँ पक्षले यस्तो कदम चाल्दा सीमा सम्बन्धी समस्या सुल्झनुको सट्टा बल्झिन्छ।”
-बीबीसी नेपाली
१२७ पटक हेरीएको