मुख्य समाचार

भारतीय विदेशमन्त्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै

भारतीय विदेशमन्त्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै

१८ पौष, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपालको दुईदिने औपचारिक भ्रमणमा बिहीबार काठमाडौं आउँदैछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोग (जेसी)को सातौं बैठकमा सहभागी हुन काठमाडौं आउँदैछन् । जेसी बैठकको नेतृत्व दुवै देशका परराष्ट्रमन्त्रीले गर्नेछन् ।

परराष्ट्रमन्त्री एनपी साउदको निजी सचिवालयका अनुसार जयशंकर भारतीय वायुसेनाको विशेष विमानबाट बिहान १० बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनका विषयमा जेसी बैठकमा छलफल हुने मन्त्री साउदको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार आगामी १० वर्षभित्र नेपालबाट भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने बाटो खुला गर्ने औपचारिक सम्झौतामा पनि दुई देशले हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । उच्च प्रभाव पर्ने सामुदायिक विकास आयोजना अन्तर्गतका साना विकास आयोजनाका लागि रकम बढाउने भारतको प्रस्तावमा नेपाल र भारतबीच छुट्टाछुट्टै सम्झौता हुने कार्यक्रम छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अन्तिम रुप दिने विषयमा पनि दुवै पक्षबीच छलफल हुने अपेक्षा गरिएको छ, तर अहिले सहमति हुने सम्भावना कम रहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जेसी बैठकको एजेन्डालाई अन्तिम रूप दिन बाँकी रहेको बताए। मंगलबार परराष्ट्रमन्त्री एनपी साउदले पूर्व परराष्ट्र सचिव तथा पूर्वपरराष्ट्रमन्त्री तथा भारतका लागि नेपालका पूर्व राजदूतसँग परामर्श बैठक गरेका थिए । उनीहरुले परराष्ट्रमन्त्री साउदलाई व्यापार घाटा घटाउने उपाय खोज्न, भारतसँगको विद्युत् व्यापार विस्तार गर्न, सीमापार पूर्वाधारको सुदृढीकरण गर्न, भारतको आर्थिक सहयोगमा रोकिएका आयोजनाको कामलाई तीव्रता दिन र भारतीय पक्षलाई थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गरेका थिए । परराष्ट्रमन्त्री साउदको निजी सचिवालयका अनुसार नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सघाउने ।

१२९ पटक हेरीएको

सम्बन्धित समाचार