मुख्य समाचार

राष्ट्रियसभा निर्वाचनः आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन

राष्ट्रियसभा निर्वाचनः आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन

२२ पौष, काठमाडौं । निर्वाचन आयोगले माघ १५ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १९ सदस्य चयनका लागि मतदाताको अन्तिम नामावली आज सार्वजनिक गर्ने भएको छ ।

प्रारम्भिक माघ २० गते अस्थायी सूची सार्वजनिक गरेपछि आयोगले मतदाता नामावलीमा रहेका दाबी, आपत्ति र सम्भावित त्रुटि सच्याउन हिजोसम्मको समय दिएको छ । अन्तिम नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा उपलब्ध गराइनेछ । उम्मेदवारहरूको मनोनयन दर्ता भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ । कुनै उम्मेदवार विरुद्ध उजुरी परेमा माघ ९ गतेसम्म दर्ता गराउन सकिनेछ । उम्मेदवारी दर्ता र उम्मेदवारको गुनासो छानबिन गरी माघ ११ गते उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।

उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिने समयसीमा माघ १२ गते तोकिएको छ भने सोही दिन दिउँसो २ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । आयोगको निर्वाचन कार्यतालिका अनुसार माघ १३ गते निर्वाचन चिन्ह बाँडफाँड हुनेछ । तोकिएको मतदान केन्द्रमा माघ २५ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको छ ।

२३५ पटक हेरीएको

सम्बन्धित समाचार