मुख्य समाचार

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा प्राधिकरणले हुलास स्टिलको विद्युत आपूर्ति काट्यो

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा प्राधिकरणले हुलास स्टिलको विद्युत आपूर्ति काट्यो

२४ पौष, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल बक्यौता विवादका कारण थप उद्योगको विद्युत् लाइन काट्ने तयारी गरेको छ । प्राधिकरणले सोमबार बिहान हुलास स्टिलको विद्युत् आपूर्ति बन्द गरेको हो । बक्यौता तिर्न नसकेका थप उद्योगको लाइन काट्ने तयारीमा रहेको प्राधिकरण स्रोतले जनाएको छ । हुलास स्टिलको बक्यौता रु ४४ करोड रहेको छ ।

“हामीले हुलास स्टिलको लाइन काट्यौं। अब अन्य लाइनहरू पनि काटिनेछ,” प्राधिकरणका एक वरिष्ठ अधिकारीले भने। प्राधिकरणले बक्यौता नतिरेका ६१ उद्योगमध्ये २४ वटा उद्योगको डिसेम्बर २२ देखि लाइन काटेको छ । बक्यौताको किस्ता तिरेपछि हिमाल आइरन एण्ड स्टिलको लाइन पुनः जोडिएको छ । ती ६१ उद्योगले प्राधिकरणसँग २२ अर्ब २४ करोड रुपैयाँ तिर्न बाँकी छ ।

२०० पटक हेरीएको

सम्बन्धित समाचार