गण्डकी

रुस–युक्रेन युद्धमा अर्का नेपाली युवाको मृत्यु

रुस–युक्रेन युद्धमा अर्का नेपाली युवाको मृत्यु

२७ पौष, काठमाडौं । रुस–युक्रेन युद्धमा रुसी सेनामा कार्यरत प्यूठान जिल्लाका एक युवकको मृत्यु भएको छ ।

युद्धमा प्यूठान नगरपालिका–४ काठेबारका सोनु सुनारको मृत्यु भएको सुनारका साथीले घर फर्केर परिवारलाई जानकारी दिए । दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि रुस गएका थिए । मृतक सुनारका छिमेकी खगेश्वर थापाका अनुसार युद्धमा अर्का एक नेपाली युवा घाइते भएका छन् । घाईते नेपाली युवकले सुनारको रुसमा निधन भएको खबर परिवारलाई जानकारी गराएका थिए । प्यूठान नगरपालिकाका मेयर विष्णु योगीले सुनारको निधनको खबरले प्यूठानवासी दुखी भएको बताउँदै शुक्रबार सुनार परिवारलाई थप जानकारी गराउने बताए ।

घटनाबारे परराष्ट्र मन्त्रालयलाई पनि जानकारी गराएको छिमेकी थापाले बताए ।

२३० पटक हेरीएको

सम्बन्धित समाचार