३ माघ, काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–२ गरामनीस्थित बेल्स मोडल स्कुलमा बेलुन फुलाउन प्रयोग गरिएको ग्यास सिलिण्डर पड्किँदा एकजना गम्भीर घाइते भएका छन् ।
विद्यालयले आयोजना गरेको खेलकुद भेटघाट कार्यक्रमको सजावटका लागि हाइड्रोजन ग्यास सिलिण्डरबाट निकालिएको बेलुन पड्किँदा करिब ५५ वर्षीय भारतीय नागरिक गणेश साहनी घाइते भएका छन् । उनलाई उपचारका लागि बी एण्ड सी अस्पताल पठाइएको र अवस्था गम्भीर रहेको विद्यालयका संस्थापक जय प्रसाईले बताए ।
विष्फोटमा एक विद्यार्थी सामान्य घाइते भएको बताइएको छ ।
८० पटक हेरीएको