मुख्य समाचार

यति एयरलाइन्सले बंगलादेशको नोभा एयरबाट दुईवटा एटीआर-७२ किन्यो

यति एयरलाइन्सले बंगलादेशको नोभा एयरबाट दुईवटा एटीआर-७२ किन्यो

७ माघ, काठमाडौं । यति एयरलाइन्सले दुईवटा जहाज किनेको छ । नयाँ लगानीकर्ता थपिएसँगै एयरलाइन्सले बंगलादेशको नोभा एयरबाट दुईवटा एटीआर–७२ विमान खरिद गरेको छ ।

कम्पनीका उडान सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले दुवै जहाज १० दिनभित्र काठमाडौं ल्याउने तयारी भएको बताए । ‘विमान खरिद भइसकेको छ । अब बंगलादेशमा दर्ता खारेज गर्ने प्रक्रिया अगाडि बढाइएको छ । त्यसपछि दर्ता हुन्छ,’ प्रवक्ता बर्तौलाले भने । कम्पनीसँग हाल पाँचवटा विमान छन् । कम्पनीले एटीआर–७२ सिरिजको विमानबाट भैरहवा, पोखरा, जनकपुर, विराटनगर र भद्रपुर गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।

कम्पनीको व्यवसायिक योजना अनुसार उडान विस्तारका लागि सन् २०२४ सम्ममा विमानको संख्या १० पु¥याउने योजना रहेको बर्तौलाले बताए । एयरलाइन्समा एशियन लाइफ इन्स्योरेन्सले तीन महिनाअघि ४९ प्रतिशत सेयर लगानी गरेको थियो ।

१७५ पटक हेरीएको

सम्बन्धित समाचार