८ माघ, काठमाडौं । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई यात्रु घाइते भएका छन् ।
बर्दियाबाट काठमाडौं आउँदै गरेको प्रा ३–०१००५ ख ९७१९ नम्बरको बस लमही नगरपालिका–९ रिहार नजिकैको जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बर्दियाको गेरुवा गाउँपालिका–१ का भीमनाथ योगी र ठेगाना खुल्न नसकेको युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए ।बस पर्खालमा ठोक्किँदा उनीहरुको मृत्यु भएको डिएसपी मल्लले जानकारी दिए ।
मृतक दुवैको शव लमही अस्पतालमा राखिएको छ ।
१८९ पटक हेरीएको