मुख्य समाचार

राष्ट्रियसभा निर्वाचन आज

राष्ट्रियसभा निर्वाचन आज

११ माघ, काठमाडौं । राष्ट्रियसभाको मार्च ४ गतेबाट रिक्त हुने १९ सिटका लागि आज निर्वाचन हुँदैछ ।

प्रदेशसभा सदस्यको मतको वजन ५३ रहेको छ भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष र नगरपालिकाका मेयर र उपमेयरको मतको वजन छ । राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ४७ मतदाता छन् । आयोगले राष्ट्रियसभाको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सहयोग गर्न सबै पक्षलाई आग्रह गरेको छ । प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर मतदाता हुन् ।

निर्वाचन आचारसंहिताको पालना गर्न राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भातृ संगठनलाई आग्रह गरिएको छ । आयोगले प्रदेशसभा सदस्यका लागि सेतो कागजमा छापिएको हरियो निर्वाचन चिन्हसहितको मतपत्रको व्यवस्था गरेको छ भने मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षका लागि सेतो कागजमा रातो निर्वाचन चिन्ह छापिएको छ ।

निर्वाचन आयोगले तोकेको परिचयपत्र लिएर उपस्थित भई मतदानको अधिकार प्रयोग गर्न मतदातालाई आयोगले निर्देशन दिएको छ ।

१३२ पटक हेरीएको

सम्बन्धित समाचार