१२ माघ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशभित्रै विद्युत् खपत बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
विद्युत पकाउने चुलो राष्ट्रिय अभियानको पाँचौं वार्षिकोत्सवको अवसरमा आज ललितपुरमा आयोजित विद्युतीय चुलो प्रवद्र्धन सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आर्थिक, सामाजिक र वातावरणीय दृष्टिकोणले हरेक नेपालीका लागि विद्युतीय चुलो उपयोगी हुने बताउनुभयो । छलफल कार्यक्रमको नारा– ‘विद्युत चुलोको प्रयोग बढाऔंः स्वास्थ्य सुधारमा योगदान गरौं’ । ऊर्जामन्त्री बस्नेतले मुलुकको समृद्धिको आधार भएकाले अधिकतम जलविद्युत उत्पादनमा सरकारले जोड दिएको बताए । उनले अभियानलाई सफल बनाउन निजी क्षेत्रलाई पनि जलविद्युत उत्पादनमा अनुदान र सहुलियत दिएर सहभागी गराउन सुझाव दिए ।
मन्त्रीले जलवायु परिवर्तनबाट कृषि क्षेत्रलगायत क्षेत्रमा परेको असरप्रति गम्भीर हुन सबै पक्षलाई आह्वान गरे ।
२१८ पटक हेरीएको