१८ माघ, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ डोरिङ भीरमा जीप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । बा २ च ४४५० नं को जीप दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिए ।
मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मु रहेको प्रहरीले जनाएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । घाइतेमध्ये चार भुटानी र एक नेपाली रहेका छन् । घाइते हुनेमा जीप चालक हेलम्बु गाउँपालिका–२ का ४२ वर्षीय रामचन्द्र भण्डारी रहेका छन् भने भुटानीमा ७४ वर्षीय हाइज, ६५ वर्षीय गुची र ५६ वर्षीय फाङ रहेका छन् ।
घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।
१७४ पटक हेरीएको