२० माघ, काठमाडौं । प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट एक करोडभन्दा बढी विदेशी मुद्रासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुलाब सिंह, ऋषव पवा र गौरव चोपडा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए । उनीहरुलाई क्यासिनो प्यालेसको अन्डरग्राउन्डमा अनलाइन सट्टेबाजी गरेको आरोपमा पक्राउ गरिएको एसपी ढुंगेलले बताए । उनीहरुको साथबाट एक करोड एक लाख २६ हजार बराबरको विदेशी मुद्रा बरामद गरिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।
१२६ पटक हेरीएको