मुख्य समाचार

इच्छाराजलाई ३ वर्ष कैद, १ अर्ब ७२ करोड जरिवाना

इच्छाराजलाई ३ वर्ष कैद, १ अर्ब ७२ करोड जरिवाना

२२ माघ, काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोडभन्दा बढी जरिवानाको फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार तामाङलाई दोषी ठहर गर्दै फैसला सुनाएको हो । अदालतले सजाय तोकेर तामाङलाई दोषी ठहर गर्दै फैसला सुनाएको हो । तामाङ नागरिक सहकारी घोटाला प्रकरणमा अनुसन्धानका लागि हिरासतमा थिए । अदालतले माघ २१ गते उनलाई दोषी ठहर गरे पनि सजाय तोक्न आज अदालतमा हाजिर हुने भनिएको थियो । अदालतले तामाङकी श्रीमती सिर्जना शाक्यलाई डेढ वर्ष कैद र १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी जरिवानासमेत सुनाएको छ । सोही मुद्दामा अदालतले केशवलाल श्रेष्ठलाई डेढ वर्ष थुनामा राख्ने फैसला सुनाएको र उसले गरेको नोक्सानी असुलस्वरूप २५ करोड रुपैयाँभन्दा बढी माग गरेको छ । इच्छाराज तामाङ, सिर्जना शाक्य, केशवलाल श्रेष्ठ, मीना श्रेष्ठ, प्रतिक्षा तामाङ र प्रतिष्ठा तामाङको सम्पत्ति जफत गर्न अदालतले आदेश दिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नागरिक सहकारीका पूर्वअध्यक्ष इच्छाराजसहित उनका परिवारका ६ जनाविरुद्ध २०२२ सेप्टेम्बर १ गते मुद्दा दायर गरेको थियो ।

२०६ पटक हेरीएको

सम्बन्धित समाचार