अन्तराष्ट्रिय

उत्तराखण्डको उत्तरकाशीमा भीषण बाढी, ४ को मृत्यु, ५० भन्दा बढी वेपत्ता

उत्तराखण्डको उत्तरकाशीमा भीषण बाढी, ४ को मृत्यु, ५० भन्दा बढी वेपत्ता

एजेन्सी – मंगलबार भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लास्थित धराली गाउँमा खीर गंगा नदीको माथिल्लो भागमा आएको भीषण बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ। गंगोत्री धाम जाने तीर्थयात्री मार्गमा पर्ने यस गाउँमा बाढीले घर, पसल तथा पूर्वाधार बगाएपछि व्यापक विनाश भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

पुलिस रिपोर्टका अनुसार खीर गढ नदीको सतह अचानक बढ्दै जाँदा गाउँका सडकहरूमा हिलोयुक्त पानी बगिरहेको छ। भवनहरू भग्नावशेषमा परिणत भएका छन् भने स्थानीय बासिन्दाहरूलाई सुरक्षाका लागि अन्यत्र सारिएको छ।

अहिलेसम्म ४ जनाको मृत्यु भएको र ५० भन्दा बढी व्यक्ति वेपत्ता भएको पुष्टि भएको छ। उद्धार तथा खोजी कार्य जारी रहेको जनाइएको छ।

३०६ पटक हेरीएको

सम्बन्धित समाचार